×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः विकास बैंक १४औं वर्षमा प्रवेश : रक्तदान कार्यक्रम गरी मनायो वार्षिकोत्सव

काठमाडौं – देवः विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफू १३औं बर्ष पूरा गरी १४औं बर्षमा प्रवेश गरेको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल रेडक्रस सोसाइटीको सहयोग र ब्लड डोनर्स एशोसियशन, काठमाडौंको सहकार्यमा लालदरबारथित बैंकको केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा ७० जना भन्दा बढीले रक्तदान गरेका थिए ।
रक्तदानमा बैंकका कर्मचारी, स्थानीय स्वयमसेवी सहभागी रहेको बैंकले जनाइको छ । यसैगरी बैंकले आफ्नो पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा आयोजित कार्यक्रममा घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: