×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाढीका समयमा के गर्ने ? के नगर्ने ? डा. बिवेक सिंहको लेख

बाढीमा अपनाउनुपर्ने केहि सतर्कता , जसले तपाईंको ज्यान जोगाउन सक्छ । प्राकृतिक प्रकोपले हरेक बर्ष सयौँको संख्यामा ज्यान लिने गर्छ । धेरै तराइका बस्तीहरु नदिको किनारमा हुने गरेकाले बाढीको जोखिम उच्च हुने गर्छ । र अधिक बर्षाको कारण पहाडका धेरै गाउँहरुमा पहिरोको सम्भावना धेरै हुने गर्छ । हामीले अपनाउने केहि सतर्कताले मुख्य भूमिका खेल्ने गर्छ । 

बाढीका समयमा के गर्ने ? के नगर्ने ?
१. घरमा भएको सबै विद्युतीय उपकरणलाइ सुरक्षित राख्नुहोला । धेरैजसो विद्युतीय उपकरणहरु चालु अवस्थामा हुँदा एक्कासी पानी छिर्नाली करेन्ट हुने सम्भावना उच्च हुनेगर्छ ।
२. तराइको धेरै घरमा पानी निकाल्न प्रयोग गरिने कल , मोटर र विद्युतीय करेन्टसँग जडान भएको हुनाले, बाढीको बेला कलको प्रयोग नगर्नु होला।
३. बाढीको बेला खानेकुरा, पिउने पानी, क्यान्डल आद को आपुर्ति सहज नहुने हुँदा , सकेसम्म पर्याप्त खानेकुरा,
पिउने पानी , क्यान्डल को व्यवस्था गर्दा उत्तम हुन्छ ।
४. भुइ तल्लाबाट पानी छिर्ने भएकोले सकेसम्म, भुइ तल्लामा पानी छिर्न सक्ने सम्भावना भएको सबै बाटोहरु
बन्द गरौँ ।
५. घरमा स्यानो बच्चाहरुको बिशेष निगरानी गरौँ । 
६. बहुमूल्य कागजात र कागजातहरू सुरक्षित स्थानमा राखिनुपर्छ। अथावा माथिलो तल्लामा राख्दा सुरक्षित 
हुन्छ ।
७. बहुमूल्य गहना र अरु बस्तुहरु सुरक्षित स्थानमा राखिनुपर्छ ।
८. रेडियो, अखबार, सोशल मिडियाबाट बाढीको बारेमा हरसमय जानकारी लिइराख्नुपर्छ ।
९ जलविद्युत र नहरबाट सावधान रहनुहोस्। 
१०. चिसो हातले विद्युतीय उपकरण प्रयोग नगर्नु होला। 
११. खोला वा नदी तर्ने कोसिस नगरौं । तर्नु परेमा कुनै बस्तुले पानीको गहराइ नापेर मात्र तरौं ।
१२. बाटोमा हिड्ने बेलामा सतर्कता अपनाउन झनै जरुरि छ , बाटोमा विद्युतीय पोलबाट करेन्ट लिक हुने
सम्भावना हुनेगर्छ , बाटोमा हिडेको बेला विद्युतीय पोल समाउने र अडेस लाग्ने नगरौँ ।
१३. धेरै पानी ले घर डुबान भएको बेला सके सम्म, सबै विद्युतीय सप्लाइ कटअफ गरौं ।
१४. जनचेनता को लागी गरेको व्यक्तिहरुलाई यी कुराहरुको जानकारी दिउँ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: