एक हप्तापछि बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार प्रति तोला ६५ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ६५ हजार २ सय मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै गरी चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ९ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Monday, July 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal