×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको खुद नाफा ३३.०२% ले वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ३३.०२% वृद्धि गरेर २ अर्ब ७९ करोड ५२ लाख ९४ हजार रुपैयाँ कमाएको छ ।  गत वर्ष बैंकले २ अर्ब १० करोड १३ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी ३३.३१%ले बढेर ५ अर्व १६ करोड ८४ लाख ७० हजार  कमाएको छ । यता, सञ्चालन नाफा  ८५ करोड ६६ लाख ९२ हजार रुपैयाँ बढाएर ३ अर्व ९१ करोड ७७ लाख ६४ हजार रुपैयाँ पुर्याएको छ। 
यो चौथौ त्रैमाससम्ममा बैंकले १४.५३%ले वृद्धि गरी १ खर्व २० अर्व ८ करोड ८४ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै गरी कर्जा लगानी पनि  २२.६२%ले बढेर १ खर्व ८ अर्व ९८ करोड ५५ लाख ८९ हजार रुपैयाँ रहेको छ ।बैंकको जगेडा कोषमा ३ अर्व २० करोड ६६ लाख ८८ हजार रुपैयाँ जम्मा भएको छ । 
यता, बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ६२ पैसा रहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: