ग्लोबल आइएमई बैंकले साउन १४ मा बोलायो विशेष साधारणसभा, हाथवेलाई एक्वीजिशन गर्ने प्रस्ताव पारित हुने

काठमाडौँ - ग्लोबल आइएमई बैंकले साउन १४ गते विशेष साधारणल सभा बोलाएको छ । असार २७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई एक्वीजिशन गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिविदन माथि छलफल गर्ने जनाइएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक लिमिटेडबीच मर्जर गर्ने प्रयोजनका लागि असार २२ गतेबाट सेयर कारोबार बन्द रहेको छ । तसर्थः असार २१ गतेसम्ममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा नियमानुसार कारोबार भई साउन ५ गतेसम्म बैंकको रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडौँमा प्राप्त सेयर नामसारी लिखतको आधारमा सेयरधनी किताबमा कायम सेयरधनीहरुले सो सभामा भाग लिन र मतदान गर्न पाइने जनाइएको छ ।


प्रकाशित मिति : Sunday, July 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal