×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्लोबल-आइएमइ बैंकमा भद्रगोल: झुर सेवाले सेवाग्राही आजित, फसेको रकम फिर्ता नआएपछि पीडीतले लेखे प्रेमपत्र !

काठमाडौँ । आफुलाई ग्लोबल आइएमइ बैंकले ठगेको वा आफु ग्लोबल आइएमइ बैंकको सेवाबाट आजित भएको भन्दै ग्राहकका गुनासो बढिरहेका बेला  पुन: एउटा त्यस्तै घटना सार्वजननिक भएको छ । नयाँ पत्रिकामा  काम गरिरहेका चर्चित कार्टुनिष्ट रवि मिश्रले पनि ग्लोबल आइएमइ बैंककै कारण दु: पाएको तथ्य खोलेका छन् । उनले रकम ट्रान्सफरका लागि ग्लोबल स्मार्ट प्रयोग गरेका थिए ।ट्रान्सफर भएन तर पैसा काटियो । त्यसपछि उनले ६ पटक बैंकमा फोन गरे र तेश्रोपटक मेल लेखे । तर बैंकले यो समसयाको समाधान गरिदिने छनक देखाएको छैन । तेश्रो इमेलमा भने उनले रमाइलो पारामा ग्लोबल आइएमइ बैंकलाई प्रेमपत्र लेखेका छन् । उनले आफुले ग्लोबल आइएमइ बैंकलाई प्रेमपत्र लेखेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । 

यी सामाग्री छुटे कि ?
निरन्तर ठगी, झुर सेवाको सृंखला !
यसो त ग्लोबल आइएमइ बैंकबाट ग्राहक पीडीत भएको घटना यो पहिलो होइन । अझ पछिल्लो समय त दिनानुदिनजस्तै ग्लोबल आइएमइ बैंक पीडीतका गुनासो सतहमा आउन थालेका छन् । केहि समय अगाडी सुमन पौडेलले ग्लोबल आइएमइ बैंकबाट पैसा निकाल्दा एक लाखको बिटोमा ९० हजार मात्र पैसा पाए । निकै चलाखीपूर्ण ढंगले गन्दा १०० नै पुग्ने तर यथार्थमा ९० वटा नोट मात्र हुने गरी बिटोमा टेप लगाईएको रहेछ । यस्तो अचम्मलाग्दो ठगी देखेपछि उनी बैंक गए । बैंकका कर्मचारीले उल्टै उनलाई झपारेर पठाए । केहि सीप नलागेपछि उनी अर्थ सरोकारको कार्यालयमा आए । हामीले यस विषयमा बैंकलाई सोधेपछि बैंकले पीडीतको रकम फिर्ता दियो । यस अघि पहिलोपोष्टका पूर्व सम्पादक उमेश श्रेष्ठले पनि ग्लोबल आइएमइ बैंकसँग नमिठो अनुभव भोगे । उनले पनि ग्लोबल आइएमइ बैंकबाट ४ हजार रुपैयाँ गायब भएको ब्लग लेखे । यसअघि ग्लोबल आइएमइ बैंकबाट आफु ठगिएको भन्दै इटहरीका सुवास ठाकुर अहिले मुद्धा मामिलामा छन् ।

यो पनि पढ्नुहोस् :

जथाभावी स्टाफ ट्रान्सफरको गलत निर्णयले जताततै भद्रगोल 
यसो त ग्लोबल आइएमइ बैंकको ठगी र ग्राहकका गुनासोका घटना दिनानुदिन आउनुका पछाडीको रहस्य अर्कै छ । ग्लोबल आइएमइ बैंकमा जान्दै नजानेको वा कम जानेको काममा स्टाफको ट्रान्सफर हुँदा यस्तो समस्या देखिएको हो । केहि समय अगाडी मार्केटिङको मान्छेलाई क्रेडिटमा, क्रेडिटको मान्छेलाई मार्केटिङमा, कार्डको मान्छेलाई कुनै बैंकको ब्रान्चमा, कुनै बैंकको ब्रान्च मेनेजरलाई कार्डमा लगायत गलत ट्रान्सफरको निर्णय गरिएको थियो । जसका कारण बैंकको सेवामा जताततै भ्रद्रगोल देखिएको छ ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: