×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ग्लोबल आईएमई र जनता बैंकको मर्जर गर्न नियमले दिँदैन, ग्लोबलले जनतालाई एक्वायर गर्ने हो भने फरक पर्दैन’

काठमाडौं । बिग मर्जरको ‘फर्स्ट ब्रेक’को खबर छ । ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने सम्झौता भएको छ । मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीत्रमा सेयर स्वाप रेसियो ८५ प्रतिशत रहने उल्लेख छ । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। होटेल सांग्रिलामा उक्त हस्ताक्षर भएको हो । ग्लोबल आईएमई बैंकको तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठलाई मर्जर कमिटीको संयोजक तोकिएको छ भने जनता बैंकको तर्फबाट गौतम प्रसाद खनाल सह संयोजक रहने छन्।
मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने सम्झौतापत्रमा उल्लेख छ । सञ्चालकमा दुई जना जनता बैंकबाट आउने सहमतिपत्रमा उल्लेख छ । प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन्ब बहने रिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन् ।
मर्जर कमिटीका लागि ग्लोबल आईएमई र जनता बैंकको तर्फबाट ३/३ जना गरि ६ सदस्यीय संयुक्त मर्जर कमिटी गठन भएको छ । मर्जर सम्झौता पश्चात दुबै बैंकको आइतबारदेखि शेयर कारोबार रोकिने भएको छ।
मर्जर मिल्दैन, एक्वायर मिल्छ !
तर अहिले कै अवस्थामा ग्लोबल आईएमई बैंक र जनता बैंकबीच मर्जको प्रक्रिया अगाडी भने बढ्न सक्दैन। नेपाल राष्ट्र बैंकको मर्जर सम्बन्धि बिनियमावलीमा एक्वीजिसन प्रक्रियालाई एक साथ अगाडी बढाउन नपाइने स्पष्ट प्रावधान छ । ग्लोबल आईएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर गरिरहेको हुनाले मर्जर सम्भावना नरहेको हो । यो एक्विजिसन प्रक्रियाको टुंगो नलाग्दासम्म बैंकले अरु कुनै बैंकसंग मर्जर सम्झौता अगाडी बढाउन पाउँदैन । ग्लोबलले जनतालाई एक्वायर गर्न भने गर्न पाउँछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: