×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : राष्ट्र बैंकले ग्लोबललाई मर्जरको अनुमति दिएन, भन्यो, ‘पहिला हाथवेसँगको एक्वीजिसन टुंग्याउ’

काठमाडौँ । ग्लोबल आइएमइ बैंक र जनता बैंकले मर्जरको सम्झौता गरे । उक्त सम्झौता मर्जरकै लागि गरिएको थियो । मर्जर सम्बन्धि विनियमावलीमा कुनै एउटा संस्थालाई प्राप्तिको चरणमा अर्को सँस्थासँग मर्जर गर्न नपाइने उल्लेख हुँदा हुँदै यसरी किन पेल्ने काम भयो त ? भनेर अर्थ सरोकारले समाचार प्रकाशित गर्यो । अर्थ सरोकारको समाचार पछि ड्राफ्ट परिवर्तन गरेर यसलाई प्राप्ति नै भन्ने कि भन्ने छलफलसमेत भयो । 
तर बिग मर्जर गर्दा के के न सहुलियत पाइन्छ भनेर ढुक्कसँग बसेका चन्द्र ढकालले यसलाई ‘म मिलाउँछु’ भनेर टारे । यहि बीचमा जनताका सीइओले उक्त नियमको आफ्नै ढंगले व्याख्या गरे । तर नेपाल राष्ट्र बैंकले भने तत्कालका लागि उक्त मर्जरको स्वीकृति नदिने भएको छ । राष्ट्र बैंकले पहिला हाथवेको प्राप्ति प्रक्रिया टुंग्याएर मात्र मर्जरको प्रक्रिया अगाडी बढाउन भनेको छ । यता उक्त मर्जरको डिडिएको जिम्मा पाएका चार्टड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेले पनि हाथवेको प्राप्ति सकिएपछि मात्र मर्जर प्रक्रिया अगाडी बढ्ने पुष्टि गरे । 
‘मर्जर सम्बन्धि विनियमावलीमा कुनै एउटा संस्थालाई प्राप्तिको चरणमा अर्को सँस्थासँग मर्जर गर्न नपाइने उल्लेख छ । यो किन भएको हो भने हाथवे प्राप्ति गर्दा र प्राप्ति गरिसकेपछि ग्लोबल आइएमइको भ्यालुएसननै छुट्टै हुन्छ । त्यसैले हामीले तत्कालका लागि मर्जर प्रक्रिया रोक्न भनेका हौँ ।’ नेपाल राष्ट्र बैंकको उच्च स्रोतले भन्यो, ‘हाथवे फाइनान्सको प्राप्ति प्रक्रिया पूरा गरेर मात्र यो मर्जर प्रक्रिया अगाडी बढ्छ । हालका लागि डीडीएको काम नगर्नु भनेका छौं ।’            
किन गरिएछ त यसरी सम्झौता ? हाम्रो प्रश्नमा स्रोत भन्छ, ‘हतार हतारमा सम्झौता गरियो । पछि अर्थ सरोकार लगायत केहि मिडियामा यो मर्जर कसरी अगाडी बढ्छ ? भन्ने समाचार आयो । यसो त यसरी मर्जर प्रक्रिया अगाडी बढ्दैन वा बढ्नु हुँदैन भन्ने कुरामा पहिलादेखि नै हामी सतर्क थियौं । अरु थुप्रै बैंकहरु पनि मर्जरमा जान तयार भएका बेला अरु बिच्किने डरले हामी यो बारेमा केहि बोलेनौं । तर अहिले हामीले बैंकलाई स्पष्ट निर्देशन दिइसकेका छौं ।’
सेयर कारोबार रोक्का राख्न हतार भएन र ? हाम्रो प्रश्नमा राष्ट्र बैंकका ती उच्च अधिकारी भन्छन्, ‘होइन, मर्जरको सम्झौता भएपछी कारोबार रोक्का राख्नुपर्छ । मर्जर सम्झौताचाहिं बरु अलि हतारमा भयो कि भन्ने हो । यसमा गभर्नरसापले नै इनिसिएसन लिनुभएकाले हामीले बढी बोल्न मिल्दैन ।’  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: