शुक्रबार घटेको सुन र चाँदीको मूल्य आज कति छ ?

काठमाडौँ - साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला ६४ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै गरी चाँदीको पनि स्थिर रहेर प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ३ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित मिति : Sunday, July 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal