×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ नियमका बारे लेखा समितिमा गभर्नरले मुख खोले, बैंक तथा वित्तीय संस्थाको सीईओ नेपाल राष्ट्र बैंकले छनौट गर्ने (भिडियो)

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सिईयो)को छनौट आफैंले गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुको सिईयो छनौट राष्ट्र बैंक  आफैले गर्ने गरी मौद्रिक नीति तय गरिएको बताउनु भएको हो । उहाँले मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तिय संस्थाको स्वच्छताका लागि पनि त्यसका सिईओ को छनौंटमा हस्तक्षेप गर्न लागिएको पनि स्पष्ट पार्नुभयो । उहाँले बैंक तथा वित्तिय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि स्पष्ट पार्नुभयो ।
बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सिईयो बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए । सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकले सिईयो नियुक्ती गर्दा पनि कार्वाही गर्न नसकेकोभन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गर्नुभयो ।
त्यसैगरी सांसद तेजुलाल चौंधरीले गैर कृषकहरुलाई कृषि लोन प्रवाह गर्दा पनि नियमन गर्न नसकेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको भूमिका माथि प्रश्न उठाउनु भएको थियो । उहाँले कृषि लोनमा विचौलियाहरुको प्रवेश निषेध गर्न पनि नेपाल राष्ट्र बंैकलाई सचेत गराउनुभयो ।
सांसद चौंधरीले बैंकहरुले निक्षेप संकलनको नाममा सर्वसाधारणलाई ठगी गरिरहेको आरोप पनि लगाउनुभयो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: