×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिमाल दोलखा हाइड्रोपावरको ७६ लाख ७२ हजार २१० कित्ता आइपीओ भर्ने म्याद लम्बियो, अव कहिलेसम्म पाइन्छ भर्न ?

आइपिओ नोटिस :
कम्पनी : हिमाल दोलखा हाइड्रोपावर कम्पनी
खुला भएको मिति : बुधबार, असार २५ गते
कित्ता : ७६ लाख ७२ हजार २१० कित्ता सेयर
प्रति कित्ता मूल्य : १०० 
विवरण : 
हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७६ लाख ७२ हजार २१० कित्ता आइपीओ भर्ने समय लम्बिएको छ ।कम्पनीको आइपीओमा आइतबारसम्म माग अनुसार आवेदन नपरेपछि अब साउन २४ गतेसम्म भर्न सकिनेछ । यसबीच माग अनुसार आवेदन परेमा भने पूर्वसूचना जारी गरी आवेदन बन्द गर्ने कम्पनीले जनाएको छ । कम्पनीले असार २५ गतेदेखि छिटोमा आइतबार (असार २९ गते) सम्म आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी गर्ने आइपिओमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुटाएको छ । बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले आयोजना प्रभावितले नकिनेको सेयर थप गरी सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

आवेदन दिन सकिने शाखाहरु :
ग्लोबल आइएमई क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : १ अर्ब ६० करोड रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: