हिमालयन जनरल इन्स्योरेन्सले आश्विन ६ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?


काठमाडौँ - हिमालयन जनरल इन्स्योरेन्सको २५औं बार्षिक साधारणसभा आश्विन ६ गते (सोमबार) बोलाएको छ । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको २४१औं बैठकले बैंकको २५औं बार्षिक साधारण सभा उक्त मितिमा कार्की व्याङ्केट, बबरमहल काठमाडौँमा विहान ११: ३० बजे गर्ने निर्णय गरेको छ । उक्त सभाको लागि कम्पनीले भाद्र १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।

यता, हिमालयनले पनि आर्थिक वर्ष २०७४–७५ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । बिमा कम्पनीले नियमनकारी निकायले गरेको व्यवस्था अनुसार एनएफआरएस पद्धतिबाट वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नसकिएको हो ।

प्रकाशित मिति : Wednesday, July 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal