×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्दै, कति पायो रेटिङ ?

काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडले २२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयनको आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
कम्पनीले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छैन । यसले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाए पश्चात आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ ।
हिमालयन हाइड्रोपावर सन् २००४ मा स्थापना भएको कम्पनी हो । कम्पनीले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । हालसम्म यस आयोजनाको ८०% भौतिक प्रगति भएको कम्पनीले जनाएको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतिमेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ । हाल यसको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: