हिमालयन बैंकले साउन २ गतेदेखि १२ लाख कित्ता ऋणपत्र जारी गर्दै, ब्याज १० प्रतिशत !


काठमाडौं - हिमालयन बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंक प्रतिकित्ता एक हजार अंकित मूल्यमा १२ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘१०% हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम सबैमा आवेदन गर्न पाउने जनाएको छ ।

साउन २ गतेदेखि खुल्ने उक्त ऋणपत्र छिटोमा साउन ६ गते र ढिलोमा साउन ३१ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । ७ बर्ष अवधि तोकिएको उक्त ऋणपत्र विसं २०८३ मा परिपक्व हुनेछ भने ऋणपत्रका लगानीकर्ताले १० प्रतिशत बराबरको ब्याजदर प्राप्त गर्नेछन् । उक्त ३० लाख डिबेञ्चरमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको हो ।
प्रकाशित मिति : Thursday, July 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal