इन्फिनिटी लघुवित्तको पहिलो कारोबार १०३.८१ देखि ३११.४३ रुपैयाँको बीचमा, के पायो संकेत ?

काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेले संस्थाको पहिलो सेयर कारोबारका लागि ओपन रेन्ज १०३ रुपैयाँ ८१ पैसादेखि ३११ रुपैयाँ ४३ पैसा दिएको छ। संस्थाको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ ।

नेप्सेमा संस्थाको सेयर कारोबार आइएलबीएस संकेतबाट सोमबार (आज)देखि सुरु भएको छ । इन्फिनिटी लघुवित्तको २० लाख ७४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो । कम्पनीले जेठ १३ देखि १६ गतेसम्म ६ लाख ४० हजार ३०० कित्ता आइपीओ खुला गरेको थियो । 
प्रकाशित मिति : Monday, July 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal