×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मौद्रिक नीतिले ‘बैंकास्योरेन्स’का नाममा हुने झुटको खेतीलाई कडाई गर्ने, जवर्जस्ती पोलिसी भिडाउने धन्दा कम होला कि ?

काठमाडौं । बैंक र बीमा कम्पनीबीच हुँदै आईरहेको संस्थागत अभिकर्तालाई ‘बैंकास्योरेन्स’को हौवा पिटाएर गलत काम गर्ने बीमा कम्पनी तथा बैंकहरुलाई दुखको खबर छ । किनकि यसरी गलत हल्ला चलाएर झुटको व्यापार गरिरहेकाहरुलाई अव अफ्ट्यारो पर्ने भएको छ । किनकि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस्तो कामलाई कडाई गर्ने तयारी गरेको बुझिएको छ । 
हुँदै नभएको ‘बैंकास्योरेन्स’को गलत हल्लाका कारण बीमा क्षेत्रमा ठूलो विकृति फैलिएको छ । यस्तो विकृति फैलिन नदिन नेपाल राष्ट्र बैंकले कडाई गर्ने भएको हो । राष्ट्र बैंकको स्रोतका अनुसार बैंकहरुले आफ्नै ग्राहकलाई समेत बीमा पोलिसी खरिदका दबाब दिन थालेपछि यसलाई न्युनिकरण गर्न कडाइ गर्न रणनीति अनुरुपको व्यवस्था ल्याउन लागेको हो । यस अघि विभिन्न बैंकहरुले ग्राहकको इक्षा विपरित बीमा पोलिसी भिडाउने गरेका थिए । 
मौद्रिक नीतिले ल्याएको व्यावास्थापछि ग्राहकले जबरजस्ती बीमा पोलिसी लिनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: