×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकमा ‘सफ्टवेर काण्ड’ : गलत निर्णयले करोडौँ स्वाहा ! कर्मचारी नै भन्छन्, ‘मिलेमतोमा भ्रष्टाचार भयो…’

काठमाडौँ । केहि समय अगाडिमात्र किर्ते जग्गा काण्ड, र स्टाफ शोषणको काण्डमा परेको जनता बैंकमा घटेको ‘सफ्टवेर काण्ड’समेत बाहिर आएको छ । केहि दिनअगाडीमात्र ग्लोबल आइएमइ बैंकसँगको मर्जरको सम्झौता गरेको ग्लोबल आइएमइ बैंकले मर्जरको तयारी हुँदा हुँदै मिलेमतोमा नै २ साता अघिमात्र फ्लेक्सक्युब सफ्टवेरको अपग्रेडेसन गरेको खुलासा भएको हो । बैंकले मर्जरको प्रक्रिया अगाडी बढाउँदा बढाउँदै र अव केहि समयपछि उक्त सफ्टवेर चल्दैन भन्ने जान्जाँदाजान्दै करोडौं रुपैयाँ खर्च गरेर उक्त सफ्टवेर अपग्रेडेसन गरेको हो । यस विषयमा असतुष्ट केहि आइटीकै कर्मचारीहरुले जनता बैंकमा नीतिगत भ्रष्टाचार भएको र यसले जनताको पैसा माथि बेइमानी भएको भन्दै विभिन्न निकायमा उजुरी गर्ने तयारी गरी सोको जानकारी केहि मिडियाहरुलाईसमेत गराएपछि यस्तो रहस्य खुलेको हो ।

के होफ्लेक्सक्युब ? किन गरिन्छ यसको भर्जन अपग्रेड ? 
फ्लेक्सक्युब ओराकल कम्पनीको ‘कोर बैंकिङ सिष्टम’ हो । एक पटक यो सफ्टवेर राखेपछि नियमअनुसार डाटाबेस रिन्यू गर्नुपर्छ । डाटाबेस रिन्यू गर्नुपर्दा वा केहि नयाँ फिचर आएको खण्डमा त्यसको भर्जन अपग्रेड गर्नुपर्छ । तर नयाँ केहि छैन, साइबर सुरक्षाको समस्या पनि छैन भनेचाहीं भर्जन अपग्रेड नगरी ६-७ बर्ष सफ्टवेर मज्जाले चलाउन मिल्छ । सफ्टवेरको डाटाबेसमा केहि पार्सियल अपग्रेडेसनमात्र पनि गर्न मिल्छ । उदाहरणका लागि नबिल बैंकले लामो समयदेखि पुमोरीको पूरानो भर्जन चलाईरहेको छ । जनता बैंकले गरेको भर्जन अपग्रेडेसनमा २ करोड बढी खर्च आएको छ । अझ खास कुरा त के छ भने उक्त सफ्टवेर मर्जरको सल्लाह लगभग निर्णयमा पुग्दैगर्दा भएको थियो । मर्जरको तयारी गरेर हतार-हतार सफ्टवेरको काम अगाडी बढाएर करोडौं रुपैयाँ बढी खर्च गरिएको छ । अव मर्जरपछि ग्लोबल आइएमइ बैंकले चलाईरहेको फिनाकल सफ्टवेरमा डाटा माइग्रेट गर्ने अनौपचारिक सहमति भइसकेको छ । यसका लागि अर्को डेढ करोडजस्तो खर्च आउँछ ।यस्तो खर्च केहि समयपछि गर्नैपर्ने हुँदाहुँदै पनि जनता बैंकले सफ्टवेरको भर्जन अपग्रेड गरेर करोडौं रुपैयाँ खर्च गरेको छ ।
‘मर्जरको मुखमा अपग्रेडेसन जरुरी थिएन’ : आइटी विज्ञ 
जनता बैंकको आइटी र सीबिएसमा राम्रो जानकारी राख्ने एक विज्ञले जनता बैंकमा हाल सफ्टवेर अपग्रेडेसनको आवश्यकता नरहेको भएपनि भर्जन अपग्रेड भएको बताएका छन् । ‘मैले जाने अनुसार सिरियस इस्यू कुनै पनि थिएन । साइबर इस्यू पनि थिएन । सफ्टवेरको भर्जन अपग्रेड गरिहाल्नुपर्ने स्थिति पनि थिएन । तर कसैले मेनेजमेन्टलाइ गलत सल्लाह दियो । केहि समयपछि पुन: करोडौं रुपैयाँ खर्च गरेर डाटा माइग्रेट गर्नुपर्ने हुन्छ । त्यसको प्रवाह नगरी अहिले सफ्टवेर अपग्रेड गरिएको छ । यसमा करोडौं रुपैयाँ खर्च हुन्छ । यो ठिक भयो जस्तो मलाई लाग्दैन ।’ उनका अनुसार सिरियस इस्यू आएको खण्डमा भने भर्जन अपग्रेड गर्नुपर्ने हुन्छ । तर जनता बैंकले भने सामान्य प्रक्रियागत कामजसरी सफ्टवेरमा करोडौं रुपैयाँ खर्च गरेको छ । 
के छ बजारको चलन ?
मर्जरको मुखमै आएर भर्जन अपग्रेडेसन गर्नु नपर्ने भन्दै विभिन्न विज्ञहरुले बैंकहरुलाई सुझाव दिइरहेका छन् । ‘हाम्रा क्लाइण्टहरुले पनि हामीलाई सोधीरहनु भएको छ । तर मर्जरमा जाने नै हो भने सिरियस समस्या आएको खण्डमा बाहेक हामी थप खर्च नगर्न सल्लाह दिन्छौँ ।’ विभिन्न बैंकमा आइटीसंग सम्बन्धि काम गरिरहेका एक अनुभवी विज्ञ भन्छन्, ‘तपाईंले सोधेपछि मैले साथीहरुलाई जनता बैंकको विषयमा बुझें, अँ ! त्यहाँ अलि ठिक भएको छैन नै भन्ने कुरा आयो । हामीलाई पनि धेरै बैंकहरुले सोधीरहनु भएको छ । हामी अहिले सकेसम्म आइटिमा खर्च नगर्न भनिरहेका छौं । ‘ यसो त बैंकहरुमा पूरानो भर्जन पनि चलिरहेको छ । उदाहरणका लागि नबिल बैंकमा पुमोरीको अलि पुरानो भर्जन चलिरहेको छ ।
कर्मचारी नै ताते बैंकको गलत प्रवृति विरुद्ध 
यसो त जनता बैंकका कतिपय कर्मचारी नै अनावश्यक खर्च भएको भन्दै विभिन्न व्यति मार्फत सम्बन्धित निकायमा जाँदै छन् । यसै क्रममा उनीहरुले अर्थ सरोकार डटकममा सम्पर्क गरी यस विषयमा बैंकमा मिलेमतोमा भ्रष्टाचार भएको र जनताको पैसामा भएको रजाईबारे कुरा उठाइदिन आग्रह गरेका छन् । यता नेपाल टेलिभिजन च्यानलमा भएको एक अन्तर्वार्ताका क्रममा पनि बैंकका सीइओ कुँवरले आफुहरुले केहि साता अघिमात्र फ्लेक्सक्यूबको भर्जन अपग्रेड गरेको स्वीकारेका छन् ।
यो पनि पढ्नुहोस् :




जनता बैंकले यसरी ठग्छ कर्मचारी ! हेर्नुहोस EXCLUSIVE भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: