×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आईएमई र जनताको मर्जर : परशुराम कुँवर सिइओ हुने, बैंकको नाम ‘ग्लोबल आइएमइ’ नै रहने !

काठमाडौं । बिग मर्जरको ‘फर्स्ट ब्रेक’को खबर छ । ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने भएका छन् । मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीत्रमा सेयर स्वाप रेसियो ८५ प्रतिशत रहने उल्लेख छ । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। होटेल सांग्रिलामा उक्त हस्ताक्षर भएको हो ।  ग्लोबल आईएमई बैंकको तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठलाई मर्जर कमिटीको संयोजक तोकिएको छ भने जनता बैंकको तर्फबाट गौतम प्रसाद खनाल सह संयोजक रहने छन्।
मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ । सञ्चालकमा दुई जना जनता बैंकबाट आउने सहमतिपत्रमा उल्लेख छ । प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन्ब बहने रिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन् ।
मर्जर कमिटीका लागि ग्लोबल आईएमई र जनता बैंकको तर्फबाट ३/३ जना गरि ६ सदस्यीय संयुक्त मर्जर कमिटी गठन भएको छ । मर्जर सम्झौता पश्चात दुबै बैंकको आइतबारदेखि शेयर कारोबार रोकिने भएको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: