×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमइ र जनता बैंकको मर्जरमा यस्तो छ ‘पर्दा पछाडिको खेल’, २ अर्व ऋण नतिर्न कसले गर्दैछ झेल…?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ असार २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमइ र जनता बैंकको मर्जरमा यस्तो छ ‘पर्दा पछाडिको खेल’, २ अर्व ऋण नतिर्न कसले गर्दैछ झेल…?

काठमाडौँ । जनता बैंकसँग मेगा बैंकको मर्जरको कुरा चलिरहेको थियो । यसो त मेगाको ग्लोबल आइएमइ बैंकसँग पनि मर्जरको कुरा चलिरहेको थियो । विदेश जानुअघि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले पनि ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकाललाई ‘मर्जरको सुरुवात तपाईंले गरिदिनुपर्यो’ भनेका थिए । कुरा चलिरहेका बेला एक्कासी ग्लोबल आइएमइ बैंक र जनता बैंकलाई मर्जरमा जान ‘उच्च राजनीतिक’ लविङ भयो । राजनीतिक लविङका बीच दुइ बैंकहरुको मर्जरको ‘गैरकानुनी’ सम्झौता अगाडी बढ्यो । सम्झौता यसकारण गैरकानुनी थियो कि मर्जर सम्बन्धि नियमावली अनुसार ग्लोबल आइएमइ बैंकले हाथवे फाइनान्सलाई प्राप्तिको प्रक्रिया अगाडी बढाईरहेकाले ग्लोबल अरु बैंकसँग मर्जरमा जान पाउँदैन । तर कानुनको खिल्ली उडाएर सो मर्जर प्रक्रिया अगाडी बढेको छ । दुवै बैंकको सेयर कारोबार रोक्का भइसकेको छ । त्यसपछि मेगाले अरु बैंकसँग मर्जरको सल्लाह गरिरहेको छ । मेगा मात्र होइन यी दुइ बैंकसँग मर्जर गर्न अरु केहि बैंकहरुले पनि ‘इन्ट्रेष्ट’ देखाएका थिए ।
पर्दा पछाडीको यस्तो खेल !
ग्लोबल र जनताबीचको मर्जर यति चाँडो हुने थिएन । यो मर्जरका पछाडिको कारण एक व्यवसायी छन् । जो अहिलेका उच्च राजनीतिक लविङ र सेटिङमा पोख्त मानिन्छन् । चलेका नेतालाई एकै ठाउँमा राखेर आफ्नो घरमा खाना खुवाउने हैसियत भएका थोरै व्यवसायीहरुमध्ये एक व्यवसायीका रुपमा चर्चामा आएका ती व्यवसायीको यी दुइ बैंकमध्ये एउटा बैंकमा झन्डै १ अर्व २५ करोड र अर्को बैंकमा करिव ७५ करोड रुपैयाँ ऋण छ । हरेक क्वार्टरमा ‘राजनीतिक लविङ’ मै उनको सो ऋण ‘क्यापिटलाइजेसन’ हुने गरेको छ । ग्लोबल आइएमइ बैंक अन्य कुनैसँग वा जनता बैंक अर्को कुनै बैंकसँग मर्जर भएको खण्डमा त्यति सजिलो उनलाई हुने थिएन, जति अव हुने भएको छ । ऋण ‘भएको बेला तिर्ने’ गरी पुन: यो ‘सेटिङ’ सफल भएको छ । यसो त ग्लोबल आइएमइ बैंकले अन्य बैंकसँग मर्जरको छलफल चलाउँदा पनि यो ऋणलाई ‘मिलाउनुपर्ने’ प्रस्ताव राखेका थिए । केहि बैंक त्यसमा सहमत पनि थिए । तर दुवै बैंकमा उनको ठुलो ‘तिर्नु नपर्ने गरी मिलाइएको’ ऋण हुनाले अन्तत: उच्च राजनीतिक लविङका बीच उक्त मर्जर प्रक्रिया अगाडी बढ्यो । 
उठ्ने सम्भावना निकै कम छ यो २ अर्व ऋण !
ग्लोबल आइएमइ र जनतासंग मर्जरको सल्लाह गरेका केहि बैंकले यहि ऋणका कारण पनि उनीहरुसँग जान डराएका थिए । ‘जव हामीले एक चलेका मेडिकल कलेज व्यवसायीको ग्लोबल आइएमइ बैंकमा ठुलो लोन छ भनेर थाहा पायौं, हामीले ग्लोबलसँग मर्जरमा नजाने निर्णय गरेका थियौं । हाम्रो सल्लाह त्यसपछि जनता बैकसंग भयो । जनतामा पनि उनको ठुलो ऋण छ र हरेक क्वार्टरमा उक्त ऋण ‘क्यापिटलाइजेसन’ भइरहेको छ भन्ने थाहा पायौं, तव हामीले जनता बैंकसँग पनि मर्जरमा नजाने निर्णय गर्यौं ।’ एक बैंकका अध्यक्षले अर्थ सरोकारसँग भने, ‘पछी दुइ बैंक मर्जरमा जाने सम्झौता भयो भन्ने सुन्दा भित्री कुरो थाहा भयो । यहाँ मर्जर बैंक बलियो बनाउन होइन व्यवसायीको इसारामा चल्न भएको रहेछ । संयुक्त रुपमा हिसाव गर्दा अव त्यो जह्न्दै २ अर्व रुपैयाँ डुब्छ ।नेपाल राष्ट्र बैंकदेखि उच्च राजनीतिक सेटिङसमेत मिलिसकेपछि कसको के लाग्छ र ?’
को हुन् ती व्यवसायी जसको २ अर्वको ऋणले सफल भयो ग्लोबल-जनताको मर्जर ?
यासरी सबैलाई हल्लाउने व्यवसायी मेडिकल कलेज व्यवसायी हुन् । उनी विवादित व्यवसायी पनि हुन् । ठुला नेताहरुलाई आफ्नो बसमा पार्न सक्छन् उनी । डाक्टर गोबिन्द केसीको खुलेरै विरोध गर्ने व्यवसायीका रुपमा पनि चिनिन्छन् उनी । यतिभन्दा पनि तपाईंले थाहा पाउनुभएन भने पर्खनुहोस्, हामी यस सम्बन्धि थप तथ्य सहितको भिडियो सामाग्री आगामी अंकमा प्रस्तुत गर्दैछौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: