फ्याक्ट चेक : के बैंक बन्द गराउने ह्याट्रिक गरे जनताका सिईओले ? कुँवर भन्छन् 'भ्रमपूर्ण प्रचार भयो' (भिडियो)

काठमाडौँ । ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर प्रक्रिया अगाडी बढेसँगै बजारमा एउटा चर्चाले खुब स्थान पायो । चर्चा थियो हाल जनता बैंक लिमिटेडका सीइओ रहेका परशुराम कुँवरले आफ्नो कार्यकालमा बैंक जिम्मा लगाएको बारे ।

यसअघि प्रमुख कार्यकारी अधिकृत भएकै बेलामा तत्कालीन बैंक अफ एसिया तत्कालीन एनआईसी बैंकसँग मर्ज भएर एनआईसी एसिया बैंक भएको र त्यसपछि कुँवर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा पुगेका तत्कालीन ग्रान्ड बैंक पनि प्रभु बैंकमा गाभिएको चर्चाले बजार ततायो ।

के हो त वास्तविकता ? हामीले जनता बैंक लिमिटेडका सीइओ परशुराम कुँवरलाइ सोध्यौं । तर उनले सिधै यो तथ्य गलत भएको स्पष्टोक्ति दिए ।
प्रकाशित मिति : Wednesday, July 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal