कामना सेवा विकास बैंक र आइएमइ मोटर्सबीच व्यापार सम्बन्धी सम्झौता

काठमाडौं - ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र आइएमइ मोटर्स प्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्स प्रा. लि. को तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गर्नुभएको थियो ।

यस सम्झौता अनुसार आइएमइ मोटर्स प्रा. लि. मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा Ashok Layland का विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । 
प्रकाशित मिति : Thursday, July 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal