भक्तपुरको राधे राधेमा कामना सेवा विकास बैंककोे ९३औं शाखा विस्तार

 राधे राधे


काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुर जिल्लाको मध्यपूर ठिमी महानगरपालिका वडा नं. २६ स्थित राधे राधेमा असार २७ गते आफ्नो ९३औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 

बैंकका अध्यक्ष सुिदप आचार्य, सञ्चालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुभारम्भ गर्नु भएको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
प्रकाशित मिति : Friday, July 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal