कामना सेवा विकास बैंक र आईएमई पेबीच डिजिटल वालेट सेवा सम्बन्धी सम्झौता

काठमाडौँ - कामना सेवा विकास बैंकले आईएमईको आईएमई पे डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने भएको छ । उक्त कम्पनीसंग सम्झौता भएको हो ।

बैंकको मोवाईल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बंैकिङ मार्फत आईएमई पे डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।

आईएमई पे वालेट मार्फत ग्राहकले चन्द्रागिरी केबलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Friday, July 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal