×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कुमारी बैंक र सारथी प्राइभेट लि.बीच ब्रान्डिङ सम्बन्धी सम्झौता

काठमाडौँ – कुमारी बैंक लिमिटेडले देशकै सबभन्दा व्यापक रूपमा परिचित ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ । उक्त सम्झौता-पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गरेका छन् । 
उक्त सहकार्य पश्चात सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगो अंकित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ । यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडि युनिक क्यूआर कोड अंकित हुनेछ, जसमार्फत सम्पूर्ण ग्राहकहरुले भौतिक नगद रहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: