×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकद्वारा ‘नवीन खाता’ सार्वजनिक, एक सदस्यले बचत गर्दा पूरै परिवारकै बिमा ! (भिडियो रिपोर्ट)

काठमाण्डौ । कुमारी बैंक लिमीटेडले ‘नवीन खाता’ सार्वजनिक गरेको छ । कुनै पनि परिवारका एक जनाल सदस्यले कुमारी बैंकमा खाता खोल्दा उक्त बैंकमा खाता खोल्नेको परिवारका सबै सदस्यको बिमा कभर हुनेगरी ‘नवीन बचत खाता’ सार्वजनिक गरेको हो । बैंकले परिवारका एक सदस्य बुबा वा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य आमा वा बुबा, आफैं तथा दुई सन्तानको स्वतः बिमा हुने व्यवस्था गरिएको जानकारी गराएको छ ।
बैंकले सार्वजनिक गरेको योजना अनुसार बचत खाता खोल्न न्यूनतम १० हजार बचत राख्नुपर्नेछ । यो बचत खाता खोल्दा दम्पत्तिलाई १० लाख दरको रु. २० लाखसम्मको आकस्मिक दुर्घटना बिमाका साथै पूर्ण शारिरीक अशक्तता बिमाको कभर प्राप्त हुनेछ । बैंकले दिएको जानकारी अनुसार परिवारका चारै सदस्यलाई १० घातक रोगहरुका लागि ५ लाखसम्मको बिमाको सुविधा प्रदान गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: