×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी लघुवित्तको खुद नाफा २६.७८% ले वृद्धि, यस्तो छ अन्य सूचकको अवस्था

काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा २६.७८% वृद्धि गरी ११ करोड ९ लाख ३९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यहि अवधिमा संस्थाको खुद नाफा ८ करोड ७५ लाख २ हजार रुपैयाँ आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमश: २५.९१% र २९.७४% वृद्धि भएको छ । गत वर्ष २३ करोड ९४ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्ताले यस वर्ष बढोत्तरी गरी ३० करोड १५ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । साथै सञ्चालन नाफा १७ करोड ३३ लाख १० हजार रुपैयाँ पुर्याएको छ । 
यता, कम्पनीले रिजर्भ कोष ७७.५२% ले बढोत्तरी गरेर २४ करोड ४६ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ । हाल कम्पनीको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ ।
यस्तै, लक्ष्मीले निक्षेप संकलन १३४.७६% र कर्जा प्रवाह पनि ३३.४३% ले बढोत्तरी गर्न सफल भएको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ८४ पैसा (वार्षिक) रहेको लक्ष्मीको प्रतिसेयर नेटवर्थ भने २०१ रुपैयाँ ११ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: