×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण

काठमाडौं– संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखरा महानगरपालिका वडा नं. २१ स्थित दोविल्ला परिसरमा वृक्षारोपण गरेको छ । 
बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका रघैचौर टोल विकास संस्थासँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने उद्देश्यले पोखरा महानगरपालीकाको सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा करिव ७० भन्दा बढि विरुवाहरु रोपिएको थियो । 
त्यसैगरी बैंकले मनोरम नगर समाजको संयुक्त सहकार्यमा भक्तपुरको मनोहरामा वृक्षारोपण गरेको छ । भक्तपुरस्थित मनोहरा जग्गा एकीकरण आयोजनाले छुट्याएको मनोरम समाज क्षेत्रको ग्रिनवेल्ट लगायतका स्थानमा वृक्षारोपण कार्यक्रम गरिएको हो । 
माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: