×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

महालक्ष्मी विकास बैंकले आयोजना गर्यो नि:शुल्क स्वास्थ्य शिविर, ३०० जना लाभान्वित

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले असार २८ गते शनिबारका दिन ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 
मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको सो शिविर सुकेधारा चोकमा आयोजना गरिएको थियो । करिब तीनसय जनाले निशुल्क स्वास्थ्य जाँच गराएका उक्त शिविरमा बैंकको सुकेधारा शाखाले निशुल्क आवश्यक औषधी समेत उपलब्ध गराएको बैंकले जनाएको छ । 
बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: