×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी विकास बैंकद्धारा मिथिलाको श्री राष्ट्रिय आधारभुत निम्न माध्यमिक विद्यालयलाई सहयोग

काठमाडौँ – महालक्ष्मी विकास बैंकको धनुषास्थित ढल्केवरमा रहेको शाखाले स्थानीय एक विद्यालयमा सरसफाई सामाग्री तथा पानी राख्ने ड्रम उपलब्ध गराएको छ । मिथिला न.पा. वडा नं. ७ स्थित श्री राष्ट्रिय आधारभुत निम्न माध्यमिक विद्यालय केमलीपुरमा एक कार्यक्रमको आयोजना गरि विद्यालयका प्रधानाध्यापक निल प्रसाद वास्तोलालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा विद्यालयका प्र.अ. वास्तोलाले सरसफाई र विद्यार्थीलाई पिउने पानीको लगि ड्रम उपलब्ध गराएकोले बैंक तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गरे । यस्तै शाखा प्रवन्धक बर्मालेसामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सामाजिक कामहरु गर्दै आएको र आगामी दिनमा यस प्रकारका कार्यहरु गर्दै जाने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: