×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी विकास बैंक र ह्याम्स अस्पतालबीच अस्पतालको सेवा शुल्कमा छुट दिने सम्बन्धी सम्झौता

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटल सँग मंगलबार एक सम्झौता गरेको छ । बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे ज्यू र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आर. एस. भण्डारी ज्यूले हस्ताक्षर गरे । 
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार ले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १०% सम्मको छुट पाउनु हुनेछ । यसका साथै वहाँहरुले ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५% सम्मको छुट पाउनु हुनेछ । 
देशका ९६ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: