मेरो माइक्रोफाइनान्सको खुद नाफा ७६.९३%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)


काठमाडौं - मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको खुद नाफा १६ करोड ७६ लाख २२ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ७६.९३%ले धेरै हो । गत वर्ष संस्थाको खुद नाफा ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ मात्र कमाएको थियो ।  

सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमश: ५४.८९ र ५४.४०% ले वृद्धि भएको छ । गत वर्ष २७ करोड ८७ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको संस्थाको यस त्रैमासमा बढेर ३६ करोड ९८ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । यता, सञ्चालन नाफा २२ करोड ९३ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ । 

यो चौथौ त्रैमाससम्ममा संस्थाले १अर्व २१ करोड ६ लाख ३३ हजार निक्षेप संकलन गरी ४ अर्व ७१ करोड ७५ लाख ७५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको जगेडा कोष पनि आकर्षक सुधार आएको छ । जगेडा कोषमा ११३.८३% ले बढेर ३३ करोड ९० लाख ८३ हजार रुपैयाँ  पुगेको छ ।   

यता, संस्थाको खराव कर्जा ०.१३%ले घटेर १.२०% मा सिमित रहेको छ भने प्रतिसेयर आम्दानीमा केहि गिरावट आएको छ । संस्थाको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा घटेर २५ रुपैयाँ ४८ पैसामा सिमित रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसामा झरेको छ ।

प्रकाशित मिति : Tuesday, July 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal