×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बिग मर्जर’मा अर्थसचिवले विमति जनाएपछि धकेलियो ‘मौद्रिक नीति’को मिति, साउन पहिलो साता ल्याउने प्रयास !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक बर्षका लागि असार २७ गते ल्याउने भनिएको मौद्रिक तत्कालका लागि स्थगित भएको छ । बिग मर्जरको बिषयलाई लिएर बिमति जनाउँदै अर्थसचिव राजन खनाल अमेरिका उडेपछि मौद्रिक नीति असार भित्र नआउँने पक्का भएको हो । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले असार २७ गते ल्याउने भनिएको मौद्रिक नीति तयारी नपुगेकाले पछाडि धकेलिएको पुष्टी गरे । 
अर्थ सचिव राष्ट्र बैंक संचालक समिति बैठकमा उपस्थित नभई निर्णय हुन नसक्ने हुनाले उनी अमेरिकामा हुँदा नेपालमा मौद्रिक नीति सार्वजनिक नहुने अवस्थामा आएको हो । गभर्नर डा. चिरन्जिवी नेपालले बैंकका अध्यक्ष र प्रमुख कार्यकारीहरुलाई बोलाएर असार २७ गते मौद्रिक नीति आउँने बताएका थिए । 
स्रोतका अनुसार अव बिग मर्जरका कतिपय प्रावधानहरु हटाएर मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक हुने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: