×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिए स्टुडेन्ट्स फेट २०१९ सम्पन्न, ५३ तस्विरमा हेर्नुहोस् महोत्सवको माहोल (फोटो फिचर)


काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था अन्तर्गत सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)को आयोजनामा सिए स्टुडेन्ट्स फेट २०१९ सम्पन्न भएको छ । काठमाडौँको तिनकुनेस्थित रोयल बैंकोइटमा सम्पन्न भएको उक्त कार्यक्रममा सिए पढिरहेका विद्यार्थीहरुले आफ्नो सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा एनकासाको रिसोर्स प्यानलमा रहेर योगदान दिने चार्टड एकाउन्टेन्टहरुलाई पनि सम्मान गरिएको थियो भने कार्यक्रममा आइक्यानका अध्यक्ष, उपाध्यक्ष, नव निर्वाचित उपाध्यक्ष, एक्यानका अध्यक्ष लगायत अन्य सिए, र मिडियाकर्मीहरुको उपस्थिति थियो ।
कार्यक्रमको पहिलो चरणमा आइक्यानका अध्यक्ष, उपाध्यक्ष, नव निर्वाचित उपाध्यक्ष, र एक्यानका अध्यक्षले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा एनकासाको प्रगति विवरण र आगामी योजनासमेत एनकासाकी अध्यक्ष प्रगति भुवाईले सुनाएकी थिइन् भने कार्यक्रमको पहिलो चरणमा सिए मनोज ज्ञवालीको ‘मोटिभेसनल स्पीच’को सेसनसमेत राखिएको थियो । उक्त ‘सेसन’ मा सिए ज्ञवालीले आफ्नो अनुभव र केहि प्रेरणादायी ‘स्टोरी’हरु सुनाएर विद्यार्थीको हौसला बढाएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा सिए विद्यार्थीहरुले नृत्य, गीत, कविता, हाँस्य व्यंग्य लगायतका प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सिए सरोकार अफिसियल मिडिया पार्टनरका रुपमा रहेको थियो ।









































Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: