एपेक्स पीडीत 'एनसीसी'को पनि पुग्ने भो पूँजी, १५.८९ प्रतिशत बोनस सेयर दिने


काठमाडौं - नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १५.८९% बोनस सेयर दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति ७५२औँ बैठकले हाल कायम चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँको १५.८९% बोनस दिने निर्णय गरेको हो । साथै बैंकले बोनसमा लाग्ने कर तिर्न ०.८३% नगद लाभांश पनि दिने भएको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब १३ करोड ३८ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित मिति : Sunday, July 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal