नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको एकीकृत कारोबार आजदेखि सुरु

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई एक्वायर गरी आज (सोमबार)देखि एकीकृत कारोबार सुरु गरेको छ । उक्त दुई कम्पनीले असार ६ गतेको विशेष साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १००ः३३ सेयर स्वाप रेसियोमा जेबिल्स फाइनान्सलाई एक्वायर गरेको हो । तसर्थ, जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउनेछन् । उक्त कम्पनी एक्वायरपछि एकीकृत कारोबार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नामबाट सुरु भएको हो । 

प्रकाशित मिति : Monday, July 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal