गोरखाको सिउरेनीटारमा एनआईसी एशिया बैंकको ४१ औंं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं - एनआईसी एशिया बैंकले शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

बैंकको सञ्चालनमा आएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले गरेका हुन् । बैंकले सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको छ ।
प्रकाशित मिति : Monday, July 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal