उच्च अदालत पाटन परिसरमा एनआईसी एशियाले एटीएम सेवा सञ्चालन गर्ने

काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेड र उच्च अदालत पाटन, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम मेसिन सञ्चालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।

उच्च अदालत परिसरमा एटिएम सञ्चालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशभर २९२ शाखा कार्यालयहरु, ३१५ एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति : Friday, July 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal