×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकले ४४ लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

एनआइसी एसिया बैंकले ४४ लाख कित्ता ऋणपत्र निष्काशन गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ

काठमाडौं – एनआइसी एसिया बैंकको ४४ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार अंकित मूल्यमा ४ अर्ब ४० करोड रुपैयाँ बराबारको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले उक्त ऋणपत्रले ‘केयर एनपी ए’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई पर्याप्त सुरक्षा जनाउने रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ४४ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 
एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया ऋणपत्र २०८३/८४’ निष्कासन गर्न लागेको हो । यस ऋणपत्रको वार्षिक ब्याजदर १०.२५% तोकिएको छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ । यस ऋणपत्र निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । 
बैंकले ४४ लाख इकाई ऋणपत्रमध्ये ४०% (१७ लाख ६० हजार इकाई) धितोपत्र बोर्डको अनुमतिपछि सर्वसाधारणका लागि बिक्री खुल्ला गर्नेछ । बाँकी ६०% (२६ लाख ४० हजार इकाई) बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बोर्डले अनुमति दिए पश्चात मात्र ऋणपत्र बिक्री प्रक्रिया अघि बढ्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: