×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एसिया बैंकले ४ अर्व ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल !

काठमाडौं – एनआइसी एसिया बैंकको ४ अर्व ४० करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजारको दरले ४४ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने लागेको हो । जसमध्ये १७ लाख ६० हजार कित्तामा सर्वसाधारणलाई छुटाईएको छ भने बाँकी २६ लाख ४० हजार कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्ने भएको छ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ ।
एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३।८४’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । लगानीकर्ताले उक्त ऋणपत्रमा साउन ६ गतेदेखि साउन ९ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ । एनआइसी एसियाको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी-आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: