एनएलजी इन्स्योरेन्सको ६०% हकप्रद सेयर आउने, कति पायो रेटिङ ?

काठमाडौं - एनएलजी इन्स्योरेन्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद सेयरको रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले एनएलजीको हकप्रदलार्ई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । कम्पनीले १०ः६ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव जेठ १४ गतेको विशेष साधारण सभाबाट पारित गरिसकेको छ ।

कम्पनीले हाल कायम ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ चुक्ता पुँजीमा ६०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँका दरले कुल ३८ लाख ४२ हजार ४३७.५ कित्ता सेयर निष्कासन गर्नेछ । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । एनएलजीले हकप्रद सेयरको रेटिङ गराए पनि धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी नै छ ।
प्रकाशित मिति : Wednesday, July 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal