×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनएमबी लघुवित्तको २ दिने अभिमुखिकरण तालिम सम्पन्न, ३२ जना लावान्भित

काठमाडौँ – एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश नं. १ मा २ दिने अभिमुखिकरण तालिम सुनसरीको इटहरीमा शनिबार सम्पन्न भएको छ । सो अभिमुखि करण तालिममा प्रदेश नं. १,२ र ३ अन्तर्गतको २५ वटा शाखाको ३२ जना कर्मचारी सहभागी भएका थिए । सो कार्यक्रममा केन्द्रीय कार्यालयका सहायक महाप्रबन्धक रामप्रसाद मिश्र र अपरेसन विभाग प्रमुक प्रेम प्रसाद सुबेदीको उपस्थिति रहेको थियो । 
संस्थाका सहायक महाप्रबन्धक राम प्रसाद मिश्रले लघुवित्तले ग्रामिण क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन विशेष भुमिका खेलेको र खासमा लघुवित्तले आर्थिक सम्बृद्धिमा विशेष योगदान पुर्याएको बताए । सोही कार्यक्रमा संस्थाका अपरेशन विभाग प्रमुख प्रेम प्रसाद सुबेदीले वित्तीय रुपमा समुदायलाई साक्षर बनाउन सकियो भने आर्थिक रुपमा सम्बृद्धि हुनसकिने बताए । 
राष्ट्रिय स्थरको कार्यक्षेत्र भएको सो संस्थाको १०० वटा शाखा कार्यालय रहेको छ । हिमाली र पहाडी क्षेत्रको ग्रामिण क्षेत्रमा सेवा पुराई रहेको संस्थाको केन्द्रीय कार्यालय पोखरामा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: