एनएमबि बैंकले ओमलाई प्राप्ती गर्ने प्रमुख एजेण्डासहित साउन २८ मा बोलायो विशेष साधारणसभा, ब्रोकेज सेवा पनि थप्ने


काठमाडौँ - एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्न–गाभिने प्रस्ताव अनुमोदन गर्नका लागि साउन २८ मा विशेष साधारणसभा बोलाएको छ । साउन ९ गते बसेको सञ्चालक समितिको ३८७ औं बैठकले बैंकको उक्त विशेष साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल (स्टाफ कलेज) जावलाखेलमा बिहान १० बजे गर्ने निर्णय गरेको छ । साथै, बैंकले प्रबन्धपत्र तथा नियमावली संसोधन गरि ब्रोकेज सेवा समेत थप्ने भएको छ।

उक्त सभामा बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्न–गाभिने प्रस्ताव पारित गर्नेछ । एनएमबिले ओमलाई १००ः७६ अनुपातमा गाभ्ने भनिए पनि विशेष साधारण सभाको सूचनामा यससम्बन्धमा केही पनि खुलाइएको छैन । ओम डेभलपमेन्ट बैंकको स्रोतको अनुसार १००ः७६ सेयर स्वाप अनुपातमा सहमति भइसकेको छ । 

हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई विशेष साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :



प्रकाशित मिति : Sunday, July 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal