×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल बैंकद्धारा ३५औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ – नबिल बैंकले ३५ औं वार्षिक उत्सव मनाउने क्रममा साउन ४ गते प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा १२२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरे ।
ग्रान्डी इन्टरनेशनल अस्पतालले देशमा रहेको विद्यमान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको बैंकले जनाएको छ ।
त्यसैगरी, बैंकको ३५ औँ बार्षिकोत्सवको अवसरमा गत हप्ता आयोजित बैंक स्तरीय फुटसल, क्रिकेट, ब्याड्मिन्टन, स्नुकर र चेस प्रतियोगिताका विजेता टिम र उपविजेता टिमहरुलाई नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरेका थिए ।
३५ औँ बार्षिकोत्सवका अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना भएकोमा अध्यक्ष पौड्यालले खुशी व्यक्त गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: