×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेशनल माइक्रोफाइनान्सले शुरु गर्यो मोवाइल बैंकिङ र एसएमएस सेवा

काठमाडौँ – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मोवाइल बैंकिङ तथा एसएमएस सेवा शुरु गरेको छ । उक्त वित्तीय संस्थाले छैठौँ वर्ष प्रवेशको अवसरमा विहीबारदेखि मोवाइल बैंकिङ तथा एसएमएस सेवा शुरु गरेको हो । ५० शाखा कार्यालय मार्फत देशका ३८ जिल्लामा सेवा बिस्तार गरी करिव ८० हजार विपन्न तथा मध्यम वर्गीय परिवारमा वित्तीय सेवा पुर्याएको संस्थाले जनाएको छ ।
साथै छैठौँ बर्ष प्रबेश गरेकोमा शाखा कार्यालय सुडा, कञ्चनपुरले बेदकोट वाड नम्बर ७ रौटेला स्थित बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा आश्रय लिई बसेका २३ जना महिला/पुरुषलाई फलफुल तथा खानेकुराहरु वितरण गरेको शाखा प्रमुख उन्नती बांस्तोलाले बताइन् । संस्थाले वित्तीय कारोबारमात्र नभई विभिन्न किसिमका सामाजिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: