×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेको इन्स्योरेन्सले १२% बोनस पारित गर्न भदौ १४ मा बोलायो साधारणसभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौँ- नेको इन्स्योरेन्सले २३औं बार्षिक साधारणसभा गर्नको लागि बुक क्लोज गर्ने मिति तय गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको ३७३औं बैठकले कम्पनीको बार्षिक साधारणसभाका लागि भदौ ३ गतेदेखि भदौ १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । भदौ २ गतेसम्म कायम सेयरधनीले मात्र १२% बोनस सेयर सुरक्षित गर्न सक्नेछन् । 
नेको इन्स्योरेन्सको २३औं बार्षिक साधारणसभा भदौ १४ गते (शनिबार) गर्ने भएको छ । उक्त सभामा १२% बोनस सेयर र ०.६३% नगद लाभांश (कर तिर्न) वितरण गर्ने प्रस्ताव पेस गरिने छ । कम्पनीले १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको बोनस वितरण हुनेछ र कर तिर्न ७४ लाख २९ हजार १२७ रुपैयाँ नगद छुट्याइएको छ । हाल नेकोको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: