नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै, असार २६ गते बोलकबोल

काठमाडौं - नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । बैंकले ‘विकास ऋणपत्र २०८१ ग’ नाम दिइएको उक्त ऋणपत्र ५ वर्षका लागि जारी गर्न लागेको हो। उक्त ऋणपत्रको ब्याजदर असार २६ गते हुने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।

यो ऋणपत्र असार २६ गते अपरान्ह ३ बजे बोलकबोल गरी असार २७ गते निष्कासन हुनेछ । साँवा भुक्तानी हुने मिति २०८१ असार २७ गते रहेको छ । यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपामा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । नेपाल स्टक एक्सचेन्ज मार्फत दोस्रो बजारमा यस ऋणपत्रको कारोबार गर्न मिल्नेछ ।

यता, प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमाशः निष्कासित रकमको ८०% र २०% अर्थात ९६० करोड रुपैयाँ र २४० करोड रुपैयाँ छुट्याइएको छ । लगानीकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ऋणपत्र खरिद गर्न पाउनेछन् ।
प्रकाशित मिति : Wednesday, July 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal