पञ्चकन्याको “डेकिङ्ग” सिट बजारमा

ललितपुर– निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको पञ्चकन्या समूहद्वारा निर्माण कार्यमा प्रयोग हुने “ग्यालभनाइज्ड डेकिङ्ग” सिट नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । 

विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो समेत रहेको छ । 

यसलाई निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने र मुल्यमा समेत किफायति रहेको छ । तौलमा हलुका विशेषता रहेका यि सिटहरु मजबुत, खिया नलाग्ने र वाटरप्रुफ समेत रहेको यसको प्रमुख विशेषता मानिन्छन् । 

कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्दछ जसले गर्दा भवनलाई भार कम पर्दछ साथै, यसको प्रयोगले मर्मत सम्भार गरिरहनु पर्ने झन्झट रहदैन, आवश्यकता अनुसार साइजमा उपलब्ध हुने यी निर्माण सामाग्री नेपाल भरी नै उपलब्ध छन् ।
प्रकाशित मिति : Sunday, July 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal