×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

खुद नाफामा प्रभु बैंकको छलाङ, डुबेको ऋण पनि उठाउन सफल भयो व्यवस्थापन ! (थप विवरणसहित)

काठमाडौँ । प्रभु बैंक लिमिटेडले खुद नाफामा ‘छलाङ’ मारेको छ । बैंकले यसपाली २ अर्ब ३ करोड नाफा आर्जन गरेको छ । गतबर्ष बैंकले ९६ करोड ७० लाख नाफा गरेको थियो । बैंकले केहि खराब हालतका संस्थाहरु आफुमा मिसाएर पनि यस्तो शत प्रतिशतभन्दा माथिको नाफा आर्जन गर्न सफल भएको हो। 
बैंकले ब्यापार बिस्तारसँगै खुद आम्दानीमा पनि उच्च सुधार गरेको छ । ७३ अर्बको ऋणलाई ८६ अर्ब पुर्याएको बैंकले ९७ अर्बको निक्षेपलाई १ खर्ब १२ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । यसो त बैंकले पछिल्लो तीन महिनामा मात्रै बैंकक नाफा ५९ करोड ८३ लाख रुपैयाँले बढेको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले खुद ब्याज आम्दानी २ अर्ब ८१ करोड रुपैयाँबाट बढाएर ४ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ भने  बैंकले ४.७ प्रतिशतको स्प्रेडमा काम गरेको छ  । बैंकको आधार दर घटेर ९.३६ प्रतिशतमा आइसक्दा बैंकले केही पुराना डुबेका ऋण पनि यो अवधिमा उठाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: