×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु लाईफ इन्स्योरेन्सले गर्यो ५३ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौ – प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४/७५ र २०७५/७६ मा ५३ लाख ८० हजार रुपैयाँ बराबरको मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
इन्स्योरेन्स कम्पनीले उक्त गत आव र चालु आवमा ९ जना मृत बिमितको दाबी रकम भुक्तान गरेको हो । कम्पनीको हकवालाले पाउने भुक्तानी रकम भने ७१ लाख ५० हजार रुपैयाँ मध्ये ५३ लाख ८० हजार भुक्तान गरेको बीमा समितिको चैत्र मसान्तसम्मको तथ्याङ्कमा उल्लेख छ ।
मृत्यु भएका बिमितहरु काठमाडौ उपत्यका सहित पर्सा, अछाम, भक्तपूर, काठमाडौ, उदयपुर, प्यूठान, रुपन्देही र सुर्खेत जिल्लाका छन् । ती बिमितहरु मध्ये पुरुषको संख्या ४ जना र महिलाको संख्या ५ छ । मृत्युवरण गरेका बिमित मध्ये १ जना सुरक्षाकर्मी पेशामा अन्य सबैले व्यापार व्यवसाय संचालन गर्दै आएका थिए ।

यस्ता छन् प्रडक्टहरु :

प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न प्रडक्टहरु मार्फत बिमितलाई सेवा प्रदान गर्दै आएको छ । कम्पनीले वैभव जीवन बीमा, शुभ गृह जीवन बीमा, अमूल्य जीवन बीमा, समृद्ध जीवन बीमा, श्रीवृद्धी जीवन बीमा, जीवन किरण, जीवन उन्नती र जीवन स्पर्श नामका बीमा प्रडक्ट बजारमा ल्याएको छ । सोही प्रडक्ट मार्फत मनि ब्याक प्लान, चाइल्ड इन्डोमेन्ट प्लान तथा टर्म प्लान लगायतका बीमा सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: