×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योतिषीय दृष्टिकोणले प्राइम-कैलाशको ‘प्राप्ति’ : ‘बास्तु मिलेको छैन, कैलाशका स्टाफलाई फाप्दैन, लगानीकर्तालाई औसत’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ असार २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

ज्योतिषीय दृष्टिकोणले प्राइम-कैलाशको ‘प्राप्ति’ : ‘बास्तु मिलेको छैन, कैलाशका स्टाफलाई फाप्दैन, लगानीकर्तालाई औसत’

काठमाडौँ । काण्ड नै काण्डले सिथिल प्राय: भएको कैलाश बिकास बैंक प्राइम कमर्सियल बैंकमा बिलय हुने भएको छ । दुई बैंकका अध्यक्षबीच गाभ्ने गाभिने विषयमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।समझदारीपत्रमा कैलाश विकास बैंकको तर्फबाट अध्यक्ष नारायणप्रसाद पौडेल र प्राइम बैंकको तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठले हस्ताक्षर गरेका छन् । कैलाश विकास बैंकलाई प्राइमले १०० बरार ९४ को सेयर स्वाप अनुपात कायम हुने गरी गाभ्ने भएको हो ।
कैलाश बिकास बैंक र प्राइमबीच भएको मर्जरको दिन-बार, समय, स्थान र दिशाका आधारमा बास्तु हेर्दा भने यो मर्जरले कैलाशका स्टाफलाई भलो नगर्ने ज्योतिषी श्रीधर पौडेलको तर्क छ । यद्यपी यसले कैलाशका लगानीकर्ताहरुलाई भने औसत फाइदा हुने उनको भनाइ छ । ‘शुक्रबारको दिन सम्झौता भएको छ । काठमाडौँमा सम्झौता भएको छ । समयसमेत हेर्दा यसले कैलाश बैंकका स्टाफहरुलाई खास राम्रो नगर्ने देखिएको छ ।’
उनका अनुसार प्राइमले पनि कैलाशकै कारण विभिन्न बाधा व्यहोर्नुपर्ने हुन सक्छ । ‘कैलाशकै कारण प्राइम पनि कतै न कतै समस्यामा पर्ने देखिन्छ ।’ ज्योतिषी पौडेल भन्छन्, ‘प्राइम नै नाम हुने भएकाले कैलाशलाई प्राप्ति  गर्दा ठुलो क्षति हुने वा त्यस्तो ठुलै नराम्रो हुनेचाहीं केहि पनि देखिँदैन ।’
ग्लोबल- जनताको जोखाना भने आइतबारमात्र भन्ने उनले बताएका छन् । ‘अहिले अलि व्यस्त छु । ग्लोबल-जनताको आइतबार भन्छु ।’ अर्थ सरोकारसँग उनले भने ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: